हेटौंडा/ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस (HSMSS) मा भदौ ३ गतेदेखि सुरु भएको वार्षिक बास्केटबल प्रतियोगिता “HSMSS Hoops २०८२” विद्यार्थीहरूको खेलकुद कौशलसँगै टोली भावना र नेतृत्व क्षमतालाई उजागर गरिरहेको छ।
प्रतियोगिताको पहिलो दुई दिनमै दर्शनीय खेल प्रदर्शन देखिएको छ।
भदौ ३ गतेका खेलहरू :
• BIM टिमले Hotel Management + १२ Commerce टिमलाई ५८–३९ ले हरायो।
• BCA टिमले BBS टिमलाई ४६–३१ को स्कोरमा पराजित गर्यो।
भदौ ४ गतेका खेलहरू :
• BCA टिमले Science + ११ Commerce टिमलाई ४१–२२ ले जित्यो।
• BIM टिमले BCA टिमलाई ५९–५८ को नजिकको स्कोरमा हराउँदै रोमाञ्चक जीत दर्ता गर्यो।
• Hotel Management + १२ Commerce टिमले Science + ११ Commerce टिमलाई ७६–४० को फराकिलो अन्तरमा पराजित गर्यो।
प्रतियोगिता भदौ ५ र ६ गतेसम्म जारी रहनेछ। खेलमैदानमा देखिएको सामूहिक ऊर्जा, उत्साह र सहकार्यले विद्यार्थीहरूलाई मैदानभित्र मात्र होइन, जीवनका अन्य क्षेत्रमा समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।












