हेटौंडा / मकवानपुरगढी गाउँपालिका–१ फुलबारीका ४४ वर्षीय बिवय सिं लामा भोम्जनलाई तमुनी खहरे खोलाले बगाउँदा घाइते भएका छन्।
मिति २०८२ भदौ ६ गते साँझ करिब ७:३० बजेको समयमा काठमाडौंबाट फुलबारी घर फर्कने क्रममा खोला तर्ने बेलामा आकस्मिक रूपमा पानीको बहाव बढ्दा लामा भोम्जन करिब १०० मिटर तल बगेर घाइते अवस्थामा फेला परेका हुन्।
घटनापछि प्रहरी चौकी ठुलोदमारबाट प्र.ना.नि. रिमा कोईरालाको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोलीले राति करिब ८:२० बजे उनलाई उद्दार गरी हेटौंडा अस्पताल पठाएको हो।
प्रहरीका अनुसार घाइतेको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ।

















