हेटौँडा/ हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा जारी बास्केटबल प्रतियोगितामा फाइनल प्रवेशको दावेदारी गर्दै होटल म्यानेजमेन्ट र बीआईएमको टिम भिड्ने भएका छन्।
पहिलो सेमिफाइनलमा होटल म्यानेजमेन्टले कक्षा १२ वाणिज्य टिमलाई ५७–४३ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। दोस्रो सेमिफाइनलमा बीआईएमले विज्ञान र कक्षा ११ वाणिज्य टिमलाई ६१–४९ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको फाइनल खेल आइतबार हुने भएको छ। विजेता टिमलाई ७ हजार रुपैयाँ नगद र शिल्ड प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन्।












