हेटौंडा–४ मा तीज विशेष कार्यक्रम, लैङ्गिक हिंसा र विभेद विरुद्धको सन्देश

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजनामा “लैङ्गिक हिंसा तथा विभेद विरुद्ध तीज विशेष कार्यक्रम–२०८२” सम्पन्न भएको छ।

कार्यक्रमको साहित्यिक संयोजन आँचल साहित्य कला कोष, मकवानपुरले गरेको थियो भने व्यवस्थापन महिला जागरण समूह, हेटौंडा–४ ले गरेको हो।

महिला सशक्तिकरण, लैङ्गिक समानता र सामाजिक चेतना जगाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा तीजको सांस्कृतिक महत्वसँगै समाजमा विद्यमान विभेद र हिंसालाई अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो।