हेटौंडा / हेटौंडावासीका लागि नयाँ स्वाद र गुणस्तरीय खानाको गन्तव्य ‘आमा भान्साघर’ भाद्र २ गते हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिर नजिक सञ्चालनमा आएको छ।
सबिना पुडासैनीले सुरु गरेको यस भान्साघरले घरमै पकाएको जस्तो स्वाद र आमा–जस्तै मायाले तयार पारिएका परिकारहरू सुपथ मूल्यमा उपलब्ध गराउने सञ्चालिका पुडासैनीले जनाउनुभएको छ। यहाँ दैनिक खाना, खाजा, ढिंडो, लगायत विशेष परिकारका साथै ताजा माछा, खसी र स्थानीय कुखुराको मासु पनि पाइन्छ।
सञ्चालिका पुडासैनीका अनुसार, स्वस्थ, सफा र घरेलु स्वादलाई प्राथमिकता दिँदै तयार पारिने परिकारहरूले हेटौंडामा गुणस्तरीय खानेकुराको खोजी गर्ने उपभोक्ताहरूको आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।
उहाँले थप्नुभयो, “हाम्रो उद्देश्य हेटौंडावासीलाई घरमै खाएको जस्तो अनुभव दिनु हो। परिवारसहित आउँदा यहाँको वातावरण र खानाको स्वादले सबैलाई सन्तुष्ट बनाउने छ।”

















