मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ती खोलामा भेटिएको शवको सनाखत

Image

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन कार्की खोलाले बगाएर मृत भेटिएका छन्।

भदौ ६ गते अपराह्न ३:३० बजे घरतर्फ फर्कने क्रममा कार्की खोलामा पानीको बहाव बढ्दा बम्जन बगेका थिए। खोजतलासका क्रममा भदौ ८ गते दिउँसो १:४० बजे मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी निरीक्षक विशाल सापकोटाको नेतृत्वमा खटिएको टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखेको हो।

पश्चात मृतककी बहिनी सम्झना भोम्जनले कानको बनावट बायाँ कान सानो भएको आधारमा शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।