हेटौंडा/ परिवारका सदस्य गुमाएका विपन्न घरधुरीलाई सहयोगस्वरुप मनहरी गाउँपालिकाले काजकिरिया खर्च वितरण गरेको छ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आज मनहरी गाउँपालिका–२ का विभिन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गर्नुभएको हो।
सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न समुदायलाई राहत स्वरुप निरन्तर दिइँदै आएको काजकिरिया खर्च वितरणले शोकमा रहेका परिवारलाई सानो भए पनि सान्त्वना मिल्ने भएकाले पालिकाले यसरि सहयोग गर्दै आएको अध्यक्ष कालाखेतीले बताउनुभयो।

















