टौखेल दुर्घटनामा घाइते गोपालीको उपचारकै क्रममा मृत्यु

Image

हेटौँडा / मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१० टौखेलमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय अमिर गोपालीको उपचारकै क्रममा मृत्यु भएको छ ।

साउन १३ गते राति गणेशमान सिंह सडक खण्डमा बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नं. मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना.७ ख ४२७६ नं.को ट्रकमा ठोक्किँदा गोपाली गम्भीर घाइते भएका थिए ।

उनीलाई प्रारम्भिक उपचारपछि बी एण्ड बी अस्पताल ग्वार्खु, काठमाडौँ लगिएको थियो भने पछि साउन २७ गते बिग केयर अस्पताल बनेपा, काभ्रेमा सारिएको थियो ।

उपचारका क्रममा शनिवार साँझ उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।