हेटौँडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा बुबाको मुख हेर्ने दिनको अवसर पारेर निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । सोमबार आयोजित प्रतियोगितामा हेटौँडाका २२ विद्यालयका ४२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा हेटौँडा–५ जीएस निकेतन माविकी विद्यादेवी आचार्य, हेटौँडा–८ कमाने एकेडेमीकी नीतिका भट्टराई र हेटौँडा–१८ मकवानपुर बाल विद्या सदनकी सामना रिजाल उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट हुने विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी उक्त प्रतियोगिताको उद्घाटन प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो । प्याव्सनले यसअघि पनि शैक्षिक प्रतिभा विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको जनाएको छ ।

















