राक्सिराङ्ग गाउँपालिकामा न्वागी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा

Image

हेटौंडा / चेपाङ्ग समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले २०८२ भाद्र २१, २२ र २३ गते तीन दिन सार्वजनिक विदा रहने निर्णय गरेको हो । सो अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरु बन्द हुने गाउँपालिकाले जनाएको छ ।

बहु–जातीय, बहुभाषिक, बहु–धार्मिक र बहु–सांस्कृतिक विशेषताले समृद्ध नेपालको राष्ट्रिय संस्कृतिको अभिन्न अङ्गका रूपमा चेपाङ्ग समुदायले मनाउने यो पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई आग्रह गरिएको छ ।

पर्वको अवसरमा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले देश–विदेशमा रहेका सम्पूर्ण चेपाङ्ग समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त समेत गर्नुभएको छ।