हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१९ पुल्चोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ मृत अवस्थामा फेला परेकी छन् ।
सोमबार बेलुकी करिब ४ बजे आफ्नै घरबाट वेपत्ता भएकी प्रभालाई परिवार र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ८:१५ बजे घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ राप्ती खोलाको पानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो।
उहाँका अनुसार घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

















