हेटौंडा ११ बालगृहबाट भागेका २३ जना बालक प्रक्राउ भिमफेदी कारागारका कैदी ४३ जना पक्राउ

Image

हेटौंडा/ देशका विभिन्न स्थानका कारागार तथा सुधारगृहबाट भागेका ४७ कैदीबन्दीलाई मकवानपुरमा नियन्त्रणमा लिइएको छ। नेपाली सेना र प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको खोजी अभियानका क्रममा उनीहरूलाई मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार भीमफेदी कारागारबाट भागेका २६० मध्ये ४३ जना कैदीबन्दी भैँसे, सुपारेटार व्यारेक र राप्ती खोलाको किनारबाट नियन्त्रणमा लिइएका छन्।

त्यसैगरी, नख्खु कारागारबाट फरार भएका २ कैदीबन्दीलाई सुपारेटारस्थित चेकपोइन्टमा पक्राउ गरिएको छ। यस्तै तनहुँबाट भागेर आएका २ कैदीबन्दी हेटौँडा बजार चेकपोइन्टमा नियन्त्रणमा परेका छन्।
हेटौँडा–११ स्थित बाल सुधारगृहबाट भागेका ७२ बालकमध्ये २३ जनालाई प्रहरीले हेटौँडा–९ त्रिवेणीधामको नदी किनारबाट नियन्त्रणमा लिएको जनाएको छ। अझै ४९ जना बालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रवक्ता अर्यालका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन सेना र प्रहरीले थप चेकिङ र खोजतलास अभियानलाई तीव्र बनाएको छ।