Gen-Z आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २०७ जना नियन्त्रणमा

Image

हेटौंडा/ मिति २०८२ भदौ २४ गते Gen-Z आन्दोलनका क्रममा विभिन्न कारागार कार्यालयहरुबाट ठूलो संख्यामा कैदीबन्दीहरु फरार भएका थिए। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त परिचालनबाट हालसम्म २०७ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सफल भएको छ।

भिमफेदी कारागारमा सबैभन्दा धेरै फरार

मकवानपुरस्थित भिमफेदी कारागारमा जम्मा १,०६६ कैदीबन्दीमध्ये ४४० जना भागेका थिए। तीमध्ये ११७ जना पक्राउ परे पनि अझै ३२३ जना फरार अवस्थामा रहेका छन्।

बाल सुधार गृहबाट ७२ मध्ये ४५ नियन्त्रण

त्यस्तै मकवानपुरकै बाल सुधार गृहमा रहेका ९४ मध्ये ७२ जना भागेका थिए। तीमध्ये ४५ जना पक्राउ परेका छन् भने २७ जना अझै नियन्त्रणमा आउन बाँकी छ।

अन्य कारागारहरुबाट समेत नियन्त्रण

  • डिल्लिबजारस्थित नख्खु कारागारबाट १२ जना

  • जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट २० जना

  • तनहुँको दमौली कारागारबाट २ जना

  • चितवन कारागारबाट ४ जना

  • कास्की कारागारबाट २ जना

  • सिन्धुली कारागारबाट १ जना

  • सि.पा. कारागारबाट १ जना

  • साथै अन्य कारागार कार्यालय खुल्न बाँकी रहेकामा ३ जना नियन्त्रणमा लिइएको छ।

हालसम्मको निष्कर्ष

उक्त घटनापछि सुरक्षाकर्मीले विभिन्न जिल्लामा कडा चेकजाँच र खोजतलासी थालेका छन्। हालसम्म २०७ जना कैदीबन्दी पुनः नियन्त्रणमा परे पनि सयौं जना अझै फरार अवस्थामा छन्।