हेटौंडा / हेटौंडा–१५ नम्बर वडा कार्यालयमा हालसालै जेनजी समूहद्वारा गराइएको आगजनीका कारण नियमित कामकाजमा अवरोध भएको छ। यस परिस्थितिमा वडावासीलाई आवश्यक सेवा–सुविधा निरन्तर उपलब्ध गराउन अस्थायी व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।
यस सम्बन्धमा सत्तारूढ दलका प्रतिनिधि, वडा समन्वय समिति तथा जनप्रतिनिधिहरूको संयुक्त बैठक बसेर तत्कालका लागि हेटौंडा–१५ भित्रको सरकारी भवनमा अवस्थित स्वास्थ्य चौकी भोर्लेलाई अस्थायी वडा कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय भएको हो।
वडा अध्यक्ष सुनिल मोक्तानले जनतालाई जानकारी दिँदै भने, “वडावासीको हितलाई प्राथमिकता दिँदै हामीले तत्कालीन व्यवस्थाको रूपमा भोर्लेबाट कामकाज सञ्चालन गर्ने निर्णय गरेका छौँ। वडाको नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने हाम्रो उद्देश्य हो। हामी जनताको पहिलो सरकार भएकाले जनतालाई सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो।”
बैठकमा सहभागी हेटौंडा१५ का नेकपा माअाेबादि केन्द्रका लिला कुमार घलान,नेपाली काङ्ग्रेस का नमराज घलान र नेकपा ऐमाले का सिह बिश्वकर्मा का सतारुड दल र नेकपा एमाले हेटौंडा -१५ का अगुवा ईन्द्र मान स्याङतान लगाएतले हेटौंडा -१५ वडा बासिहरुलाई तत्कालीन परिस्थिति लाई मध्य नजरगरि कामकाज सेवा प्रभा गरि अस्थाई रुपमा उप स्वास्थ्य चौकि भाेर्ले कमाने मा तत्काल सेवा दिने निर्णय का साथ सहज सेवा प्रवाहका लागि सम्पूर्ण वडावासीलाई सहयोग र सहकार्य गर्न आग्रह गरेका छन्। अध्यक्ष मोक्तानका अनुसार वडावासीका सबै कामकाज हाललाई स्वास्थ्य चौकी भोर्लेमै हुनेछन् र आवश्यक सेवा–सुविधा अस्थायी रूपमा त्यही स्थानबाट निरन्तर उपलब्ध गराइनेछ।

















