भीमफेदी गाउँपालिकाको पहल : जलेको अदालतमा न्यायिक सेवा सुचारु गर्न प्रविधिक सहयोग”

Image

हेटौंडा/ जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएको उच्च अदालत पाटन हेटौंडा इजलासको कामकाज सहज बनाउन भीमफेदी गाउँपालिकाले प्रविधिक सहयोग उपलब्ध गराएको छ।
गाउँपालिकाले सोमबार अदालतलाई २ थान कम्प्युटर र ३ थान प्रिन्टर हस्तान्तरण गरेको हो। यसअघि भवनसहित अधिकांश सामग्री जलेर नष्ट हुँदा अदालतले सेवा दिन कठिनाइ भोगिरहेको थियो।

गाउँपालिकाका अध्यक्ष हिदम लामाले सामग्री अदालतका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरे। कार्यक्रममा उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जिवन कुबर, अदालतका अधिकृत जय प्रकाश घिमिरेलगायतको उपस्थिति थियो।

गाउँपालिकाका अध्यक्ष लामाले न्यायिक सेवामा निरन्तरता दिन सानो सहयोगले पनि ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।