हेटौंडा / बाग्मती खोलामा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका बाग्मती गाउँपालिका–१ माझगाउँका १८ वर्षीय सोमबहादुर घलान चार दिनपछि मृत भेटिएका छन्।
उनको शव शनिबार रौतहट राजदेवी नगरपालिका–४ स्थित गडैयाघाट किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बुधबार दिउँसो बुवा गुन्जमान घलानसँगै माछा मार्न गएका सोमबहादुर खोलामा अचानक आएको बाढीले बगाएका थिए। स्थानीयवासी, आफन्त र प्रहरीले लगातार खोजी गरिरहेको अवस्थामा शव भेटिएको हो।
हाल शव रौतहटस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। यस घटनाले स्थानीय समुदाय शोकाकुल बनेको छ।

















