हेटौंडा/ मकवानपुर, २०८२ असोज ५ –
प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहराज्यूले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय प्रमुखको रुपमा पदभार ग्रहण गर्नुभएको छ।
नेपाल प्रहरी, मानवस्रोत विकास विभाग तथा प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेश (चलानी नं. २१३०, मिति २०८२।०५।३१) अनुसार नक्सालस्थित सशस्त्र प्रहरी गण नं.१ बाट सरुवा भई आउनुभएका उहाँले आज औपचारिक कार्यक्रममार्फत पदभार ग्रहण गर्नुभएको हो।
पदभार ग्रहण पश्चात उहाँले प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालबाट कार्यालयको समग्र वस्तुस्थिति सम्बन्धी जानकारी लिनुभयो। साथै, कार्यरत सम्पूर्ण वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा संगठनको नीति र उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
नागरिक सेवालाई केन्द्रविन्दुमा राख्दै प्रहरीको छवि उच्च राख्नुपर्नेमा जोड दिँदै एसपी बोहराले आवश्यक विभागीय निर्देशनसमेत दिनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

















