हेटौंडा–काठमाडौं छोटो दुरीका दुई मार्ग खुला, दुई बन्द

Image

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–काठमाडौं छोटो दुरीका चार मध्ये दुई मार्ग हाल सञ्चालनमा छन् भने दुई मार्ग बन्द रहेका छन्।

प्रहरीका अनुसार मकवानपुर–फाखेल मार्ग र त्रिभुवन राजमार्ग दुबै खुला रहेका छन्। तर सिस्नेरी मार्ग र कान्ति लोकपथ भने हालका लागि बन्द गरिएको छ।

प्रहरीले मौसम र सडक मर्मतका कारण केही स्थानमा अवरोध हुन सक्ने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ। आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि सल्लाह दिइएको छ।