हेटौडामा लङगुर बुर्जा खेलाउने पाँच जना पक्राउ

Image

हेटौंडा / हेटौडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा अबैध रूपमा लङगुर बुर्जा खेलाउँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, शुक्रबार राति करिब ९ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लङगुर बुर्जाको गट्टी र खाल १ सेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग भएको सामग्रीसँगै नगद रु. ३,००,९६५ (तिन लाख नौ सय पैसठ्ठी रुपैयाँ) पनि बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमा —

१. रामकृष्ण मैनाली (२७ वर्ष), हेटौडा उ.म.न.पा.–८, नमुना चोक
२. दिपक अर्याल (४२ वर्ष), मकवानपुरगढी–४ स्थायी घर भई हाल हेटौडा उ.म.न.पा.–५ बसोबास
३. बिजय लामा (२६ वर्ष), हेटौडा–१७ स्थायी घर भई हाल हेटौडा–१५ बसोबास
४. सुरेन्द्र अधिकारी (३९ वर्ष), हेटौडा–९ स्थायी घर भई हाल हेटौडा–८ बसोबास
५. अर्जुन तामाङ (३१ वर्ष), बागमती गाउँपालिका–८ स्थायी घर भई हाल हेटौडा–८ बसोबास

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको छ।