हंसलोक आश्रमले हेटौंडा उपमहानगरलाई आधुनिक एम्बुलेन्स प्रदान

Image

हेटौंडा/ हेटौंडा–३ लेवटस्थित श्री हंसलोक आश्रम नेपालले मानवसेवा र परोपकारको भावनाअन्तर्गत हेटौंडा उपमहानगरपालिकालाई एक थान आधुनिक एम्बुलेन्स प्रदान गरेको छ।

उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाका अनुसार आश्रमको यो सहयोगले नगरस्तरमा स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उहाले भन्नुभयो,
“हालका दिनमा अधिकांश सरकारी निकायहरू सवारी साधन र भौतिक स्रोतको अभावमा छन्। यस्तो अवस्थामा आश्रमले गरेको सहयोगले ठूलो राहत मिलेको छ।”

प्रमुख लामाले आफ्ना अनुभव उल्लेख गर्दै थप्नु भयो,
“मेरो लागि हेटौंडा उपमहानगरपालिका जीवन नै हो। यही संस्थामा बिताएका सात वर्षमा मैले स्नेह, प्रेम र सम्मान पाएकी छु। आश्रमको यो योगदानले मलाई मात्र होइन, सिङ्गो नगरलाई नै भावनात्मक रूपमा छोएको छ।”

उक्त अवसरमा आश्रमका पदाधिकारीहरूले मानवसेवा, परोपकार र समाज कल्याणका कार्यमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाए।
नगरपालिका प्रमुख लामाले श्री हंसलोक आश्रम नेपाल, लेवट, हेटौंडा–३ का सम्पूर्ण साधु–सन्त, नेतृत्व तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।