हेटौंडा/ हेटौंडा प्रहरीले सडकमा फेला परेका एक जना बालकलाई उद्धार गरी बाल संरक्षणका लागि बाल हेल्पलाइन नेपाल (Child Helpline Nepal), हेटौंडामा राखेको छ।
प्रहरीका अनुसार फेला परेका बालकले आफ्नो नाम अंकित खत्री बताएको छन्। उनका बुबाको नाम उत्तम खत्री र आमाको नाम अञ्जली खत्री भएको बालकले बताएको प्रहरीले जनाएको छ।
बालकसँग गरिएको सोधपुछका क्रममा उनले आफ्नो घर वा स्थायी ठेगाना स्पष्ट रूपमा बताउन नसकेका छन्। उनका अनुसार, उनी प्रायः बसपार्क क्षेत्रको एउटा गल्लीमा बस्ने गरेको बताएका छन्।
हाल उक्त बालकलाई संरक्षणका लागि बाल हेल्पलाइन हेटौंडामा राखिएको छ।
बालकका अभिभावक, परिवारका सदस्य वा चिनजान भएका व्यक्तिहरूले बालकको पहिचान गर्न सक्ने भएमा तुरुन्तै Child Helpline, हेटौंडामा सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्पर्क नं.: १०९८ वा ०५७–५२४५००

















