हेटौंडा । भाइ टीका / पारिवारिक मिलन दिदिबहिनी र दाजुभाइ बिचको सद्भावको पर्व भाइ टीका नेपाली समाजमा मनाइने तिहार पर्वको अन्तिम तथा अत्यन्त महत्वपूर्ण दिन हो यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको दीर्घायु समृद्धि र प्रगतिको कामना गर्दै पाँच रङको भाइ टीका लगाइदिने परम्परा रहँदै आएको छ । यो पर्वले केवल पारिवारिक प्रेम मात्र होइन, सांस्कृतिक पहिचान सामाजिक उत्तरदायित्व र परस्पर प्रतिवद्धताको गहिरो सन्देश दिइरहेको छ ।
पौराणिक कथाअनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनासँग भेट गर्न यहि भाइटिकाको दिन पुगेका थिए यहि दिन यमुनाले भाइलाई टीका लगाई आदरपूर्वक सत्कार गर्दै दीर्घायु र प्रगतिको कामना गरेकी थिइन् । त्यसै दिनदेखिनै भाइटीकालाई दाजुभाइको सुरक्षासँग सम्बन्धित एउटा आध्यात्मिक र भावनात्मक संस्कारका रूपमा स्थापित गरिएको मानिन्छ । यसैले यो पर्वलाई जीवनको रक्षा र आपसी सम्बन्धको संवेदनशील र महत्त्वपूर्ण मानिन्छ
यसरी टीका लगाउने पुर्व आफ्नो घरको रितिरिवाज अनुसार शुद्धीकरण गरिन्छ र बिहानै देवी देवताको पूजा गरी शुभ साइतमा दाजुभाइलाई आफ्नो घरको ब्यबस्थित आसनमा बसालिन्छ दिदीबहिनीहरूले मखमली माला बिमिरा थरीथरीका मिठाई फलफूल तथा महत्त्वपूर्ण उपहारसहितको पूजा थाली तयार पार्छन् र त्यसपछि दैलोमा ओखर फोरेर पाच थरिका रङ्गहरुले सेतो पवित्रता, रातो प्रेम र शक्तिको प्रतीक, पहेंलो समृद्धिको संकेत हरियो आशा र निलो अनन्त आकाशजत्तिकै दीर्घायुको प्रतीक मानिने टीका दाजुभाइको निधारमा लगाइन्छ । यस विधिबाट भाइको सर्वतोमुखी प्रगति स्वास्थ्य र सुरक्षाको कामना गरिन्छ।
यस पर्वको मूल सार पारिवारिक एकता र दिदीबहिनी तथा दाजुभाइबीचको आपसी सदभावमा निहित छ दिदिबहिनीले दाजुभाइको जीवनमा आउने सम्भावित कठिनाइबाट सुरक्षा होस् भन्ने कामना गर्छिन भने दाजुभाइले पनि आवश्यकता परेमा जीवनभर रक्षाक बनेर उभिने प्रतिवद्दता गर्दछ यसरी भाइ टीकाले भावनात्मक बन्धन मात्र होइन सामाजिक सद्भाव र पारिवारिक जिम्मेवारीलाई सुदृढ बनाउने कार्य गर्दछ ।
नेपालको सांस्कृतिक र सामाजिक संरचनामा भाइ टीकाको विशेष स्थान छ । यसले संस्कृति केवल परम्परा होइन जिम्मेवारीको निरन्तरता हो भन्ने सन्देश दिन्छ । आधुनिक परिवेश र प्रविधिक युगको तेज गतिमा पनि यस यश तिहार अर्थात भाइटिका पर्वको महत्त्व झनै विस्तार हुँदै गएको छ किनकि यो तिहारको दाजुभाइ दिदिबहिनी लगाएत परिवारिक भेटले प्रेम र सद्भाव अनि पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेको पाहिन्छ । यसरी भाइ टीका नेपाली समाजको अमूल्य सांस्कृतिक धरोहर हो जुन प्रेम आशीर्वाद र संरक्षणको प्रतीकका रूपमा हाम्रो पहिचान र सस्कृतिलाई अझ सुदृढ बनाउँदै निरन्तर रूपमा हस्तान्तरण हुँदै आएको छ।

















