हेटौंडा / मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठ को सरुवा गरिएको छ। आइतबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको एकैपटक सरुवा गरिएको हो।
श्रेष्ठलाई सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। उहाँले गत फागुन १५ गते मात्र मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेकी थिइन्।
यसैबीच, मकवानपुरमा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा बसन्त अधिकारी लाई पदस्थापन गर्ने निर्णय गरिएको छ। अधिकारी यसअघि सिराहा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए।
गृह मन्त्रालयले गरेको सरुवा निर्णयअनुसार, अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि आन्तरिक प्रशासनिक आवश्यकता अनुसार स्थानान्तरण गरिएका छन्।

















