हेटौंडा/ मकवानपुरको इलाका प्रहरी कार्यालय पालुङ्गमा हालै पदस्थापन भइ आउनुभएकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यलाई थाहा नगरपालिका कार्यालयले स्वागत कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ।
शुक्रबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख बिष्णु बहादुर बिष्ट,उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थितिमा निरीक्षक बज्राचार्यलाई स्वागत गरिएको थियो।
कार्यक्रममा नगरप्रमुखले पालुङ्ग क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नगरपालिका र प्रहरीबीच समन्वय र सहकार्यका माध्यमबाट समाजमा शान्ति, सुव्यवस्था र विकासका कार्यहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
प्रहरी निरीक्षक बज्राचार्यले पनि आफूले जिम्मेवारीपूर्वक कार्य गर्ने बताउँदै स्थानीय तहसँगको सहकार्यमा अपराध नियन्त्रण, सडक सुरक्षा र समुदाय–प्रहरी साझेदारीका कार्यक्रमहरू सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले नयाँ प्रहरी निरीक्षकको आगमनले पालुङ्ग क्षेत्रमा थप सुरक्षाको अनुभूति हुने विश्वास व्यक्त गरेका थिए।

















