मकवानपुर कुखुरा व्यवसायी संघको छैटौं अधिवेशनबाट गोविन्द सापकोटा अध्यक्ष र प्रभाकर पुडासैनी महासचिवमा निर्वाचित

Image

हेटौंडा/ मकवानपुर कुखुरा व्यवसायी संघको छैटौं अधिवेशन तथा १९औं वार्षिक साधारण सभाबाट गोविन्द सापकोटा सर्वसम्मत रूपमा अध्यक्ष र प्रभाकर पुडासैनी महासचिवमा निर्वाचित भएका छन्।
कात्तिक २२ गते सम्पन्न अधिवेशनमा सापकोटा–पुडासैनी नेतृत्वको टिमले उल्लेखनीय बहुमतका साथ विजयी हुँदै आगामी कार्यकालका लागि संघको नेतृत्व सम्हालेको हो।

संघका सदस्यहरूले नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र व्यवसायी हितमुखी बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित महासचिव प्रभाकर पुडासैनीले व्यवसायीहरूको अधिकार र हित संरक्षणमा संघ सधैं प्रतिबद्ध रहने बताउँदै भने,
“अब व्यवसायीमाथिको बाहिरी जिल्लाको एकाधिकार तोड्ने र मकवानपुरका व्यवसायीहरूको हक सुनिश्चित गर्ने हाम्रो मुख्य लक्ष्य हुनेछ।”

त्यस्तै, प्रथम उपाध्यक्ष रबिन ढकालले मकवानपुरमा कुखुरा व्यवसायलाई व्यवस्थित, दिगो र पारदर्शी बनाउन संघले ठोस योजना अघि सार्ने बताएका छन्।

मकवानपुर कुखुरा व्यवसायी संघले विगतदेखि नै जिल्लाभित्र कुखुरा उत्पादन, वितरण र मूल्य स्थिरीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको र नयाँ नेतृत्वले संघको संस्थागत सुदृढीकरण साथै व्यवसायीहरूको हकहितका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता अध्यक्ष सापकोटाले व्यक्त गरेका छन्।