सूर्य नेपाल प्रा.लि. का नाममा अनलाइन ठगी, तीन जनालाई मकवानपुर प्रहरीले समात्यो

Image

हेटौंडा / आफूलाई सूर्य नेपाल प्रा.लि. का कर्मचारी भन्दै व्यवसायीहरूलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगंज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगंज–१९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगंज–३२ टेटा घर भई हाल मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा लिई बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूहरूलाई सूर्य नेपाल प्रा.लि. का कर्मचारी भनेर चिनाउँदै हेटौंडाका विभिन्न व्यवसायीहरूबाट अनलाइनमार्फत सामान अर्डर गर्ने, नक्कली बैंक भौचर तयार गरी व्हाट्सएपमार्फत पठाउने, र त्यसपछि व्यापारीहरूलाई बिरगंजतर्फ सामान पठाउन लगाउने गर्थे।
उनीहरूले यसरी रु. १७ लाख ८७ हजार बराबरको सामान ठगी गरेको पाइएको छ।

मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा ती तीन जनालाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।