हेटौंडा/ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले हेटौंडास्थित करिब ४७ करोड रुपैयाँ लागतको धुलोदुध कारखाना निरीक्षण गर्नुभएको छ।
सन् २०८० सालमै परीक्षण उत्पादन सुरु भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारखाना अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
निरीक्षणपछि मन्त्री पौडेलले ठूलो लगानी जोखिममा नपरोस् भन्दै सञ्चालन मोडालिटी अन्तिम चरणमा पुगेको र छिट्टै स्वीकृत गरिने बताउनुभयो।
उहाँका अनुसार कारखाना सञ्चालनमा आएपछि दूध उत्पादन बढी हुँदा किसानले सस्तोमा बेच्नुपर्ने वा सडकमा पोख्नुपर्ने अवस्था अन्त्य हुनेछ र यसले दुग्ध किसानलाई उचित मूल्यको सुनिश्चितता प्रदान गर्नेछ।
हाल परीक्षण उत्पादनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिइएको छ।

















