हेटौंडा /२०८२।०८।०१ इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको टोलीले जिल्ला मकवानपुर, हे.उ.म. न.पा. वडा नं. १९ स्थितबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार गर्ने गतिविधि नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले घटनास्थलबाट स्काभेटर नं. बा २ क ५१६६ र टिप्पर नं. ना. ८ ख. ८८९७ नियन्त्रणमा लिएको जनाएको छ। आवश्यक कारबाहीको लागि ती सवारी साधन हेटौडा उप–महानगरपालिकाको कार्यालयमा पठाइएको छ।
उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि रु. ५४,२७३.– जरिवाना गरिएको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीले अबैध उत्खनन् तथा ओसार–पसारमा संलग्न अन्य व्यक्ति वा सवारी साधनको निगरानी जारी राख्ने जनाएको छ।

















