हेटौंडा/ नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा माबि, आमभन्ज्याङ्गको आतिथ्य/ब्यबस्थापनमा आजबाट आयोजित जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको आज एक कार्यक्रमको बिच उद्द्घाटन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका सभापति लाल बहादुर थापा, उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिबहरि दाहाल, मकवानपुरगढी गाउँपालिका ५ नं वडा अध्यक्ष दिपेश दाहाल, रेडक्रस आमभन्ज्याङ्गका सभापती नानिराम तिमल्सिनाले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम बिब्यसका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेरेसो मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला सदस्य रामजी सापकोटा, पिताम्बर बास्तोला,
सर्मिला बिक, कार्यालय प्रमुख लक्ष्मण भट्टराई,लेखा प्रमुख रामजी खतिवडा, बिधालयका प्रअ इन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा मकवानपुर जिल्ला भरका २४ वटा बिधालयको सहभागी रहेको छ !!
आज भएको उद्दघाटन खेलमा महेन्द्र माबि, छतिवनले जनक माबि, आमभन्ज्याङ्गलाई सोझो सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको छ !!
त्यस्तै शारदा माबिले मत्सनारायण माबिलाइ, भानु माबिले जनक माबिलाई, श्रमिक माबीले बंशगोपाल माबिलाइ र जिएस निकेतनले नाटेश्वर माबिलाइ हराउदै दोश्रो चरणमा प्रबेश गरेको छ ।
त्यस्तै सुन्दरिदेबी माबिले बुद्ध माबिलाइ, भुटनदेबि माबिले बंशगोपाल माबिलाई, जनता माबीले जनज्योति माबिलाइ र जनक माबी, बकैयाले बत्सलादेबि माबिलाइ र सुर्योदय माबिले तुल्सिमेहर माबि हराउदै दोश्रो चरणमा प्रबेश गरेको छ ।


















