हेटौंडा / प्याब्सन मकवानपुरका पूर्व अध्यक्ष अधिवक्ता मदन दाहालले भिमफेदी गाउँपालिका वडा नम्बर २ भैसेस्थित श्री कृष्ण माविका ३३ जना विद्यार्थीलाई एसईई तयारी कक्षा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेका छन्।
दाहालले आईतवार विद्यालय पुगेर ३५ हजार रुपैयाँ मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले भने कि, “विद्यालयमा आवासीय रूपमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक ऊर्जा मिलेको छ।”
कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर २ का सदस्य किरण थिङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अधिवक्ता अमृत बर्तौला लगायतको उपस्थिती रहेको थियो।
अधिवक्ता बर्तौला र पूर्व विद्यार्थी बालकृष्ण बर्तौलाले विद्यार्थीहरूलाई हौसला प्रदान गर्न शैक्षिक सामग्री उपलब्ध गराउन आवश्यक समन्वय गरेका थिए।

















