हेटौंडा/ देशभर व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार तथा सामाजिक विसङ्गतिहरू विरुद्ध आवाज उठाइरहेको जेन्–जी अभियानले मकवानपुरमा औपचारिक रूपमा ४० सदस्यीय ‘मकवानपुरे जेन्–जी समिति’ गठन गरेको छ। समूह भदौ २३ र २४ गते भएको आन्दोलनदेखि नै सक्रिय सहभागी रहेको बताइएको छ।
केन्द्रिय जेन्–जी अभियान्ता मिराज ढुङ्गानासँग मिति २०८२/०८/१० गते हेटौंडामा भएको प्रत्यक्ष संवादपछि समितिलाई आधिकारिकता प्रदान गरिएको घोषणा गरिएको हो।
नवगठित समितिको संयोजकमा सितोरियो संघ नेपालका राष्ट्रिय खेलाडी तथा हेटौंडा–१२ पदमपोखरी निवासी सुविन खत्री सर्वसम्मत रूपमा चयन गरिएको छ।
त्यसबाहेक नवीन राउत सचिव, सुजन दाहाल कोषाध्यक्ष, र अन्य ३७ जना सदस्य रहेको ४० सदस्यीय संरचना तयार गरिएको हो।
समूहका संयोजक खत्रीले मकवानपुरमा बढ्दै गएको अन्याय, भ्रष्टाचार, व्यतिथि तथा सामाजिक समस्या विरुद्ध युवालाई संगठित गर्दै प्रभावकारी रूपमा आवाज उठाउने लक्ष्यसहित जेन्–जी अभियानलाई संस्थागत रूपमा अघि बढाइने बताए।
त्यसैगरी, केन्द्रिय अभियान्ता ढुङ्गानाले मकवानपुरे युवाहरूको सक्रियता र जागरूकतालाई प्रशंसा गर्दै “युवा परिचालन र जनचेतनामार्फत सकारात्मक परिवर्तन सम्भव छ” भन्दै निरन्तर योगदान जारी राख्न अनुरोध गरे।
मिराज ढुङ्गानाको गृह जिल्ला समेत रहेकाले मकवानपुरमा आधिकारिक जेन्–जी समिति गठन हुनु अभियानका लागि महत्वपूर्ण कदम मानिएको छ।

















