हेटौंडा सडक बिस्तारका क्रममा भत्किएको घरको ढलान खस्दा एक कामदार घाइते

Image

हेटौंडा / हेटौडा उपमहानगरपालिका–१ उद्योग वाणिज्य संघ अगाडि सडक विस्तार कार्य चलिरहेको स्थानमा शुक्रबार बिहान एक कामदार घाइते भएका छन्। सडक बिस्तारका क्रममा भत्काइएको घर सफा गर्ने क्रममा दुई तला माथिको ढलान अचानक तल खसेपछि कामदार १९ वर्षीय जितेन्द्र माझी घाइते भएका हुन्।

रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा घर भई हाल हेटौडा–१० बुद्धचोकमा डेरा गरी बस्दै आएका माझीलाई टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते माझीलाई ठेकेदार नवीन साहले तात्कालिक उपचारका लागि हेटौडा अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ।