हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूले जिल्लाका विभिन्न स्थानमा अबैध रूपमा नदिजन्य पदार्थ (ढुंगा/बालुवा) उत्खनन र ओसार–पसार गर्ने कार्यमा संलग्न १३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएका छन्।
प्रहरीका अनुसार, नियन्त्रणमा परेका ट्र्याक्टरहरूमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका सवारी साधनहरूमा करिबै सबै जिल्ला र प्रदेशमा दर्ता भएका रहेका छन्।
नियन्त्रणमा परेका ट्र्याक्टरहरूको विवरणः
सि.नं.ट्र्याक्टर नम्बरसि.नं.ट्र्याक्टर नम्बर१ना. ५ त ७१८६८बा.प्र. ०३–००१ त ३९९२प्रदेश २–०३–००१ त ४१०८९ना. ७ त २०६४३ना. ६ त ३५६६१०ना. ३ त १४७५४ना. ६ त ९८९९११बा.प्र. ०३–००१ त ४७४५ना. ७ त १३३१२बा.प्र. ०३–००१ त ४४४६ना. ४ त ४०४९१३प्र.२–०३–०१ त ६७६८७प्र. २–०३–००१ त ६४८०
जिल्ला प्रहरी कार्यालयले नागरिकहरूलाई कानुनी नियम उल्लङ्घन नगर्न र नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न नहुन चेतावनी दिएको छ।

















