हेटौंडा / सोमबार बिहान मनहरी गाउँपालिका–७ लामा टोलमा वर्ष ३५ का सुरेश लामा रुखबाट लडेर घाइते भएका छन्। घटनाका अनुसार उनी घरबाट करिब ३ किलोमिटर पश्चिमको श्री मनकामना सामुदायिक वनमा घाँस काट्न गएका थिए।
रुखमा चढेर घाँस काट्ने क्रममा करिब ३० फिट तल लडेका सुरेश लामालाई तत्काल प्रहरीलाई खबर गरिएको थियो। प्रहरीको टोली घटनास्थलमा पुगेपछि घाइतेलाई हेटौडा अस्पताल पठाइएको थियो।
हेटौडा अस्पतालमा चेकअप पछि डाक्टरले उनलाई मृत घोषणा गरेका छन्। घटनास्थल प्रहरी स्टेशन मनहरीबाट करिब ३ किलोमिटर उत्तर–पश्चिममा रहेको बताइएको छ।
प्रहरीले मृतकको शव हाल हेटौडा अस्पतालमा रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

















