हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ अँधेरीमा भएको घटनामा २२ जना घाइते भएका छन् भने तीमध्ये ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अँधेरी निवासी अन्दाजी वर्ष ५०/५५ का केशव माझी, अन्दाजी वर्ष ५०/५५ का युवराज माझी र अन्दाजी वर्ष ४५ का सन्तलाल माझी रहेका छन्।
टाउकोमा गम्भीर चोट लागेका केशव माझीलाई हेटौँडा अस्पतालमा भर्ना गरिएलगत्तै दिउँसो २:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, युवराज माझीलाई पनि टाउकोमा गम्भीर चोट लागी अस्पताल ल्याइएलगत्तै २:२६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। सन्तलाल माझीलाई समेत चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनामा घाइते भएका अन्य व्यक्तिहरूको हेटौँडा अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। घटनाको कारण र विस्तृत विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालय हेटौडा का डिएसपी पुस्कर बोकटीले जानकारी दिनुभयो।

















