हेटौंडा/ मकवानपुर, राक्सिराङ – २०८२।०९।०३ गते बिहान ८ बजे दराङ बस्ने सुक्र बहादुर प्रजाको ढुङ्गा माटोले बनेको, खरले छाएको एक तले घरमा आकस्मिक आगलागी भएको छ।
आगलागीका कारण घरभित्र रहेका अन्नपात, लत्ताकपडा, नगद र काठ पूर्णरूपमा जलेर करिब रु. २,००,००० (दुई लाख) बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार, आगलागी १२:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। यस घटनामा मानवीय वा चौपायाँको कुनै क्षति नभएको जनाइएको छ।
घरधनीले १२:३० बजे प्र. चौ. कान्द्राङ, मकवानपुरमा जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटेको थियो। उक्त घर प्र. चौ. कान्द्राङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्दछ।
प्रहरी र स्थानीयहरूको पहलले ठूलो मानविय क्षति रोकिएको बताइएको छ।

















