हेटौंडा/ हेटौंडा–४ स्थित प्रशंसा चर्चले अंग्रेजी वर्ष २०२५ लाई बिदाइ गर्दै आजदेखि सुरु भएको अंग्रेजी वर्ष २०२६ लाई धूमधामका साथ स्वागत गरेको छ।
कार्यक्रममा चर्चका सदस्यहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै येशू ख्रीष्टको प्रशंसा गरेका थिए। साथै, उनीहरूले वर्ष २०२५ मा आफ्नो परिवार तथा व्यक्तिगत जीवनमा भएको उन्नति–प्रगतिका अनुभवहरू सार्वजनिक गर्दै एक–अर्कासँग खुशी साटासाट गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै चर्चका पास्टर बिश्नु बिडारीले नयाँ वर्षको अवसरमा सदस्यहरूबीच आपसी प्रेम, सद्भाव र आत्मिक उत्साह देखिएको बताउनुभयो। उहाँका अनुसार, चर्चका सदस्यहरूले येशू ख्रीष्टको आज्ञाअनुसार नयाँ वर्षसँगै आफ्नो जीवनलाई पनि नयाँ सोच, सकारात्मक विचार र सही मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अवसरमा सदस्यहरूले एक–अर्काको उन्नति र प्रगतिप्रति खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गरेका थिए। यसरी प्रशंसा चर्चले २०२५ लाई बिदाइ गर्दै विश्वास, आशा र आत्मिक उत्साहका साथ २०२६ लाई स्वागत गरेको हो।

















