हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा मकवानपुर जिल्लामा क्रियाशील यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा सवारी चालकहरू गरी अन्दाजी ५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहराले सडक सुरक्षा, यात्रुहरूको अभिलेखीकरण, ट्राफिक नियमको पालना तथा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु पर्ने जिम्मेवारीका विषयमा आवश्यक छलफल तथा अन्तर्क्रिया गर्नुभएको थियो।
कार्यक्रममा यात्रु सुरक्षालाई प्राथमिकतामा राखी सवारी सञ्चालन गर्नुपर्ने, नियम उल्लङ्घन नगर्नुपर्ने तथा दुर्घटना न्यूनीकरणका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

















