हेटौंडा / यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूका लागि राज मोटर्सले विशेष ‘मेगा एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा मोटरसाइकल वा स्कुटर किन्न सक्ने व्यवस्था गरिएको छ।
राज मोटर्सका सञ्चालक राजन श्रेष्ठका अनुसार, एक्सचेन्जमा ल्याइने पुरानो मोटरसाइकलको उचित मूल्याङ्कन गरिनुका साथै त्यसमा थप ८ हजार रुपैयाँसम्मको बोनस रकम प्रदान गरिनेछ। साथै, बजार मूल्यभन्दा अतिरिक्त ७ हजार रुपैयाँसम्मको छुटको सुविधा पनि उपलब्ध गराइएको छ।
श्रेष्ठले यो योजना विशेष रूपमा ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले ल्याइएको बताउँदै, इच्छुक सबैलाई अवसरको उपयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार यस्तो अफरले नयाँ सवारी साधन खरिद गर्न चाहनेहरूलाई आर्थिक रूपमा सहजता प्रदान गर्नेछ।

















