हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा अवस्थित सेवा, सहयोग र आवाज संस्थाले जनजागरण अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको छ। संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा सुरु गरिएको यस अभियान जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्याको पहिचान गर्ने र समाधानतर्फ पहल गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
अध्यक्ष महतका अनुसार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल तथा स्वतन्त्र तर्फबाट उम्मेदवारी घोषणा भइसकेको अवस्थामा जनता अझ बढी सचेत हुन आवश्यक भएकाले अभियान सञ्चालन गरिएको हो।
माघ ८ गतेदेखि सुरु भएको यस अभियानमा संस्था स्वयं उम्मेदवार नभए पनि, मत माग्न आउने उम्मेदवारलाई जिम्मेवार बन्न प्रेरित गर्ने, जनताप्रति प्रतिबद्ध रहन सचेत गराउने तथा मतदान गर्दा योग्य उम्मेदवार छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले टोली घरदैलोमा खटिएको अध्यक्ष महतले बताए।

















