थाहा नगरपालिकाले वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकाले वडा नम्बर ११ र १२ का लाभग्राहीहरूलाई वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

पञ्जिकरण शाखाका प्रमुख रुपक कार्की का अनुसार, वडा नं ११ मा ११० जना र वडा नं १२ मा ९० जना लाभग्राहीहरूले भत्ता प्राप्त गरेका छन्। यस क्रममा नगरपालिकाले भत्ता वितरण प्रक्रिया सरल र सहज बनाउन विशेष ध्यान दिएको जनाएको छ।

उक्त कार्यप्रति सेवा ग्रहाइहरूले नगरपालिकालाई धन्यवाद दिंदै खुसी व्यक्त गरेका छन्।

नगरपालिकाले आगामी दिनमा पनि अन्य वडाहरूमा सोही प्रक्रिया अपनाउने योजना रहेको बताएको छ।