हेटौंडा/ मकवानपुर, २०८२ माघ १९
बागमती प्रदेश प्रहरी गण हेटौडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा संचालित संयुक्त प्रहरी टोलीले मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा ठूलो परिमाणमा गरिएको अवैध लागुऔषध खेती फडानी गरेको छ।
मिति २०८२/१०/१६ गतेदेखि २०८२/१०/१८ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत कैलाश गाउँपालिका–१, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिमका बोटबिरुवा नष्ट गरिएको हो।

















