आधुनिक राष्ट्रिय विद्यालयमा विज्ञान प्रवर्द्धन अन्तर्गत बृहत् खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ हेटौंडा–४ स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११/१२ विज्ञान संकायका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको विज्ञान विषय प्रवर्द्धन अन्तर्गत बृहत् खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम (समिम खान) ले गर्नुभएको थियो भने प्रमुख आतिथ्य हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल  रहनुभएको थियोे।

कार्यक्रममा शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत (आठौँ)  हरिचन्द्र सापकोटा, वडा नं. ४ की वडा सदस्य आदरणीय  गीता त्रिपाठी, विद्यालयका प्रधानाध्यापक  रामसागर गुरागाई, विभिन्न सर–म्याम तथा विषयगत शिक्षक, पत्रकारहरू र विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

विविध खेल तथा अतिरिक्त गतिविधिहरूमा सहभागिता जनाएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा सम्पन्न गराई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा समूहहरूलाई ट्रफी तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विजयी विद्यार्थीहरूलाई अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन विद्यालयका सर–म्यामहरू, विद्यार्थी तथा समस्त सहयोगी हातहरूलाई विद्यालय परिवारले हृदयपूर्वक धन्यवाद व्यक्त गरेको छ।