मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि ३,३६६ कर्मचारी परिचालन

Image

हेटौंडा/ आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा जम्मा ३ हजार ३६६ जना कर्मचारी तथा स्वयंसेवक खटाइने छन्। दुई निर्वाचन क्षेत्र रहेको जिल्लाका ३७४ मतदान केन्द्रका लागि जनशक्ति व्यवस्थापन अन्तिम चरणमा पुगेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ।

निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार हरेक मतदान केन्द्रमा ६ कर्मचारी र मतदान स्थलमा ३ स्वयंसेवक रहनेछन्। आवश्यकतानुसार निर्वाचन सुरक्षाका लागि प्रहरी तैनाथ गरिने बताइएको छ।

जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाता छन् भने निर्वाचन सामग्री तयारी पनि अन्तिम चरणमा पुगेको छ।