राक्सिराङ– सामाजिक सुरक्षा भत्ता प्राप्तकर्तालाई वायोमेट्रिक भेरिफिकेसन गर्न आग्रह

Image

हेटौंडा/ राक्सिराङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ती लाभग्राही, जसको नवीकरण प्रक्रियामा वायोमेट्रिक भेरिफिकेसन नभएको थियो, उनीहरूले तोकिएको मितिभित्र वायोमेट्रिक भेरिफिकेसन अनिवार्य रूपमा गराउनुपर्ने जनाएको छ।

गाउँपालिकाले जारी गरेको अत्यन्त जरुरी सूचनामा बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त/अपाङ्गता भएका व्यक्ति तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बाहेक अन्य सबै लाभग्राहीलाई फाल्गुण १ गतेदेखि १५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर वायोमेट्रिक भेरिफिकेसन पूरा गर्न अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, “गत नवीकरणका क्रममा वितरण गरिएको निस्सामा वायोमेट्रिक भेरिफिकेसन आवश्यक/अनावश्यक भएकै बारे उल्लेख गरिएको हुन्छ। नवीकरण विधि ‘सामान्य’ लेखिएका लाभग्राहीले वायोमेट्रिक अनिवार्य रूपमा गराउनु पर्नेछ।”

गाउँपालिकाले वायोमेट्रिक भेरिफिकेसन गर्न बाँकी लाभग्राहीहरूको सूची सोही पेजमा प्रकाशित गरिएको जानकारी दिंदै, सूचीमा नाम परे पनि ९० वर्षभन्दा माथिका लाभग्राहीलाई भने वायोमेट्रिक अनिवार्य नभएको स्पष्ट पारेको छ।

वायोमेट्रिक भेरिफिकेसन तथा अन्य विवरणमा आवश्यक परेमा सम्बन्धित वडा कार्यालयसँग सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ।