हेटौंडा/ हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाद्वारा आयोजित बाल रिले दौड प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका श्री जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू पर्वत मगर, क्रितम मगर, प्रतिमा पनेरु र सलिना बानिया लाई वडा कार्यालयमा सम्मान गरिएको वडा सचिव दुर्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
वडा अध्यक्ष रामकृष्ण कोइराला तथा कर्मचारीहरूले विद्यार्थीहरूको उत्कृष्ट खेलप्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट खेलकुद र शैक्षिक प्रगतिका लागि शुभकामना दिएका छन्।
अध्यक्ष कोइरालाले भने, “विद्यार्थीहरूले खेल र शिक्षामा सदैव अगाडि बढ्ने प्रेरणा दिने कार्य गर्नुपर्छ।” विद्यालय र स्थानीय समुदायले पनि उनीहरूको उपलब्धिलाई गौरवान्वित गर्दै आगामी प्रतियोगिताहरूमा सफलताको कामना समेत गर्नुभएको छ।

















