साझा बसले कार्ड देखाउदा पनि छुट दिएन

हेटौंडा: मकवानपुरमा चल्ने केहि साझा बसले विद्यार्थिहरुलाई कार्ड देखाउदा छुट नपाएको बिद्यार्थीहरुको गुनासो रहेको छ । कार्ड देखाउदा विद्यालय पोशाकमा हुनेहरुको लागि मात्रै छुट दिने गरेको र पोशाक नलगाई कार्ड देखाउनेलाई छुट नदिएको ले साझा बसमा विद्यार्थीहरु पूरै भाडा तिर्न बाध्य भएका छन् ।

बसमा चड्नेहरुले मिति सकिसकेको कार्ड र काम गर्ने ठाउँको कार्ड देखाएर पनि छुट माग्न थालेपछि बिद्यालय पोशाकमै हुनेहरुलाई मात्र  यातायात चालकहरुले छुट दिने गरेको हेटौंडा मकवानपुर साझा यातायात व्यवसायी समितिका अध्यक्ष भेष खड्गीले बताउनुभयो।

news center of article

उनले भने सहि कार्ड देखाउनेहरुलाई छुट दिनु पर्छ तर यँहा अरु कार्ड देखाउने विकृति बढेको गुनासो पोख्दे केहि साझा यातायातका चालकहरुले छुट नदिको अध्यक्ष खड्गीले जानकारी दिनभयो ।
सहि कार्ड देखाउने बिधार्थी लाई ,विद्यालय पोशाकमै नभएपनि छुट दिन समेत अध्यक्ष खड्गीले साझा यातायातका चालकहरुलाई आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...