मकवानपुरमा १ सय ३५ जनाले लिए उम्मेद्वारी फिर्ता

Image

हेटौंडा ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा १ सय ३५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्

जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका व्यक्तिहरु मध्ये शुक्रबार १३५ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता संगै अब जिल्लामा प्रमुख, उप्रमुख र सदस्यमा गरि कुल १ हजार ९ सय ३२ जनाको उम्मेद्वारी रहेको छ ।

उम्मेद्वारी फिर्ता लिनेमा हेटौंडा उपमहानगरपालिकामा ४९ जना, थाहा नगरपालिकामा १५ जना,बकैया गाउँपालिकामा १८ जना,ईन्द्रसरोवर गाउँपालिकामा ८ जना,बागमती गाउँपालिकामा ५ जना,भीमफेदी गाउँपालिकामा एक जना,मकवानपुरगढी गाउँपालिकामामा ११ जना,राक्सिराङ गाउँपालिकामा २१ जना रहेका छन् ।

साथै उम्मे्वारी फिर्ता लिनेमा कैलाश गाउँपालिकामा ३ जना र मनहरी गाउँपालिकामा ४ जना रहेका छन् ।