Khabar Board
Flash logo up side
Nirbachan aayog

प्रारम्भिक परिणाममा सिर्जना र बालेनबीच प्रतिस्पर्धा

Nirbachan m

काठमाडौँ ।

काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छिन्।बालेन शाह ३१ मतका साथ दोस्रोमा छन् ।

त्यसैगरी एमाले केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, शाहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

Panacea Education

राष्ट्रिय सभागृहमा जारी मतगणनामा वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.