Khabar Board
Flash logo up side
Nirbachan aayog

स्थापित भन्दा ६७४ मतान्तरले अगाडि बालेन शाह

Nirbachan m

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै छ।

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्। गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।

यो पनि : काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि

Panacea Education

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमलोका केशव स्थापित दोस्रो स्थानमा रहेकोमा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.